गृहपृष्ठ खबर विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा

विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा

पोखरा : नयाँ सरकार गठनका लागि सशरीर बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका छन् ।

वैकल्पिक सरकारका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ । विपक्षी गठबन्धनका सबै सांसद प्रदेश प्रमुखकोमा गएर अहिले धर्ना दिइरहेका छन् ।

माओवादी केन्द्रका सांसद दीपक कोइरालाका अनुसार सबै बहुमत सांसद अहिले प्रदेश प्रमुखको निवासमा आएको बताए । ‘भित्र छिरेका छैनौं,’ उनले भने, ‘षडयन्त्र हुने संकेतपछि आएका हौं । अब भेटेर कुरा राख्छौं ।’

बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएका मुख्यमन्त्री गुरुङले शनिबार भने बहुमतको दाबी गर्नुलाई प्रदेशसभा विघटनतर्फ लैजाने षडयन्त्रको रुपमा विपक्षी दलहरुले लिएका छन् ।

सम्बन्धित् समाचार