गृहपृष्ठ अन्तरास्ट्रिय खबर भाजपाका केन्द्रीय उपाध्यक्ष नै त्रिणमूल कांग्रेसमा प्रवेश

भाजपाका केन्द्रीय उपाध्यक्ष नै त्रिणमूल कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

काठमाडौ ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपा का केन्द्रीय उपाध्यक्ष मुकुल रायले सो पार्टी परित्याग गरेका छन्।

उनी आफ्ना छोरा सुभ्रान्सुसहित त्रिणमूल कांग्रेस ( टीएमसी) मा प्रवेश गरेका हुन्।

मुकुल सन् २०१७ अघि त्रिणमूल पार्टीमै थिए। सो पार्टीकी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग मनमुटाव भएपछि उनी भाजपामा प्रवेश गरेका थिए।

भाजपाले उनलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको थियो। भाजपाप्रति ममता निकै कठोरतापूर्वक प्रस्तुत हुने गरेकी छिन्।

पार्टी कार्यालयमा मुकुललाई स्वागत गर्दै ममताले उनी टीएमसीकै सदस्य रहेको र चुनाव अभियानका क्रममा पनि टीएमसीको विरोधमा कुनै कुरा नगरेको बताएकी बीबीसी हिन्दीमा खबर छ।

सम्बन्धित् समाचार