गृहपृष्ठ Featured कपिलवस्तुमा अवैध फलाम सहितको गाडी नियन्त्रणमा लिई भंसार चलान

कपिलवस्तुमा अवैध फलाम सहितको गाडी नियन्त्रणमा लिई भंसार चलान

प्रकाशित मिति:

कपिलवस्तु, १ असार
सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुले भारतबाट अबैध रुपमा भंसार छली नपाल भित्राईएको एमएस बिलेट (फलाम) सहितको भारतिय मालबाहक ट्रेलर ट्रक नियन्त्रणमा लिएको छ । कपिलवस्तुको कृष्णनगर नाकाबाट नेपाल तर्फ भित्रिएको सो मालबाहक ट्रेलर ट्रकमा लुकाई छिपाई ल्याईएको ४७ वटा एमएस बिलेट (फलाम) बरामद गरेको छ ।

 

सो फलामलाई अबैध रुपमा भंसार छली नेपाल भित्रयाईएको बिषेश सुचनाको आधारमा कृष्णनगर नगरपालिका वडा नम्बर २ मेनरोड स्थित चेक प्वाईन्टमा सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डको टोलीले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीले भारतबाट नेपाल आएको युपि ५३ सिटी २११९ नम्बरको ट्रेलर ट्रकमा रहेको सामाग्री सहित करिब ८२ लाख ४५ हजार ६ सय ३२ रुपैया मुल्य कायम गरि कारवाहीका लागि कृष्णनगर भंसार कार्यालय चलान गरेको छ । बरामद ४७ वटा एमएस बिलेट (फलाम) को तौल ३४ दशमलव ४ सय मेट्रिक टन रहेको खुल्न आएको छ ।

 

नियन्त्रणमा लिएको सवारी र सामाग्री सगै गाडीमा सवार चालक र सहचालक भारतको वरियातपुर कुशीनगरका संजय कुमार कुशवाह र अंगत कुमार कुशवाहलाई कारवाहीका लागि भंसार पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक धुब्र कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार