गृहपृष्ठ Featured बिद्युत प्राधिकरण कपिलवस्तुको प्रमुखमा गामी आएपछि बेथिती, “न काम गर्छन, न सुधार छ”

बिद्युत प्राधिकरण कपिलवस्तुको प्रमुखमा गामी आएपछि बेथिती, “न काम गर्छन, न सुधार छ”

प्रकाशित मिति:

वैखरी अनलाइन
जिल्ला बिद्युत प्राधिकरण कपिलवस्तुमा सत्य नारायण गामीले प्रमुखको जिम्मेवारी पाएर आएपछि जिल्लामा बिद्युत क्षेत्रमा बेथिति बढेको छ । आएको करिव ७ महिनाको अवधिमा उनको कार्यशैलीका कारण अहिले जिल्लाबासी तथा सरोकावाला चिन्तित भएका छन ।
सामान्य सजिलै एक दिनमा हुने काम पनि उनले २ महिना लगाएको पाइएको छ । सेवाग्राही सेवाका लिन कार्यालय पुग्दा उनी नियममा के छ भन्दै पुस्तक पल्टाउने गरेको गुनासो गर्छन । उनी आएपछि बिद्युत चुहावटका क्षेत्रमा केही पनि काम नहुदा मनशाय के हो बुझन गाह्रो भएको सरोकारवाला बताउछन ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १० का बरिष्ठ समाजसेवि बिष्णु दत्त पौडेल बिगत ७ महिनाका देखि सिचाइँको लागी काठका पोललाई हटाउन बिद्युत कार्यालयमा धाउन थालेको, उनी भन्छन “खै के खै के, यती काममा लागी ७ महिना धाए केही भएन, कहिले बुटवल त कहिले काठमाण्डौँ सोध्नुपर्छ भन्र्दै टार्छन के गर्ने ?” । “सबै हैरान छन म त प्रतिनिधि पात्र मात्र हो ” उनी भन्छन

हाम्रो यहीँ प्रश्नमा बिद्युत प्राधिकरण कपिलवस्तुका प्रमुख गामीले प्रक्रिया पु¥याएर तत्काल काम गरिदिने बताएका छन ।
यद्यपि उनलाई मन पर्ने ठेकेदारको काम भने तत्काल गरेको पाइएको छ । उनले बनगाई जिनुवा ११केभि प्लस एलटि लाइनको पोल १ दिनमै सार्ने ब्यवस्था मिलाएका छन । जसका कारण उनी ठुला ठेकेदारसगं नजिक भएर काम गर्न रुचाउने समेत पाइएको छ ।

सम्बन्धित् समाचार