गृहपृष्ठ Featured बाणगंगाको भलवाडमा डम्पीङ साइड बन्ने विषयको चर्को बिरोध, ६ दलद्धारा नगरलाई ज्ञापन पत्र

बाणगंगाको भलवाडमा डम्पीङ साइड बन्ने विषयको चर्को बिरोध, ६ दलद्धारा नगरलाई ज्ञापन पत्र

वैखरी अनलाइन, भलवाड

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको फोहोर व्यवस्थापन चुनौती बन्दै गईरहेको बेला केहि दिन अगाडि भएको जग्गा छनौट पुन विवादमा परेको छ ।
नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधानका लागि केही दिन अघि मात्र नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माण गर्ने गरि जग्गा छनौट गरेको थियो । जग्गा छनौट भएको दिनदेखि नै भलवाडका विभिन्न व्यक्ति तथा युवाहरुले यसको चर्को बिरोध गरेका थिए ।

स्थानियबासीको सहमतीविनानै नगरका केही व्याक्तिले जग्गा छनौट गर्दा सो क्षेत्रलाई असर पुग्ने भन्दै आज भलवाडबाट ६ राजनैतिक दलको तर्फबाट संयुक्त रुपमा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस भलवाडका अध्यक्ष दिपक थापाले स्थानियको सल्लाहविनानै नगरले निणर्य लिनु गलत भएको भन्दै उक्त स्थानमा कुनै हालतमा डम्पीङ साईड बन्न नदिने बताए ।
जसपा नेपालका का नारायण खनालले वैकल्पिक ठाउँका विषयमा अध्यननका लागि आफुहरुले पनी सहयोग गर्ने बताए । ज्ञापन पत्र बुझदै मेयर मंगल प्रसाद थारुले २०७४ साल देखि नै जग्गा विवाद हुदाँ नगरको डम्पिसाईड बन्न नसकेको भन्दै विरोध भन्दा विकल्प दिन समेत थारुले सुझाव दिएका थिए ।

फोहार ब्यवस्थापनका लागी वडा नंं. ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्रको जग्गा तोकीएको थियो । सो बनक्षेत्रमा जग्गा व्यवस्थापनका लागि सर्वदलिय सहित वनका पदाधिकारी नगरपालिकाको टिम लगाएतका सरोकारवालाले अध्ययन अवलोकन का साथै निणर्य नै गरेर निति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

सम्बन्धित् समाचार