गृहपृष्ठ Featured साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने, असारभित्रै ११ को मूल्याङ्कन सार्वजनिक गर्न आग्रह

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने, असारभित्रै ११ को मूल्याङ्कन सार्वजनिक गर्न आग्रह

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ ।

गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्नुपर्छ । सोहीअनुरूप असारभित्रै अन्तिम मूल्याङ्कन गर्न बोर्डले विद्यालयहरूलाई भनेको हो ।

‘हामीले गत साल कार्यविधि बनाएर कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गर्नुपर्ने भनेका थियौँ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले शिलापत्रसँग भने, ‘अहिले पनि विद्यालयहरूलाई सोही कार्यविधिअनुरूप चल्न र साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न भनेका हौँ ।’

बोर्डले गत वर्ष कार्यविधि बनाएर कक्षा ११ को मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ ।

सम्बन्धित् समाचार