गृहपृष्ठ Featured मेलम्ची बाढी : हेलम्बुमा भारतीय र चिनियाँ नागरिकसहित २३ जना अझै बेपत्ता

मेलम्ची बाढी : हेलम्बुमा भारतीय र चिनियाँ नागरिकसहित २३ जना अझै बेपत्ता

हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको  आकस्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।

गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको  भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका  गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत छन् । गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ ।

बाढीमा परी बेपत्ता हुनेको संख्या अझ बढ्ने जनाइएको छ । गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम  रहेको जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ ।

सम्बन्धित् समाचार