गृहपृष्ठ खबर कोपा अमेरिका : भेनेजुएलालाई इक्वेडरको चुनौती

कोपा अमेरिका : भेनेजुएलालाई इक्वेडरको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्। बिहान पौने तीन बजे सुरु हुने खेलमा भेनेजुएला र इक्वेडर आमनेसामने हुनेछन्। समूह ‘ए’ अन्तर्गतको खेलमा यसअघिको दुई खेलमा कोलम्बियासँग बराबरी र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै आफ्नो पहिलो खेलमा कोलम्बियासँग १(० ले पराजय ब्यहोरेको इक्वेडर पनि पहिलो जितकै खोजीमा हुनेछ। खेल रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ।

त्यस्तै भोलि बिहान नै हुने दोस्रो खेलमा पेरु र कोलम्बिया आमनेसामने हुन्छन्। यसअघिको खेलमा ब्राजिलसँग ४(० को फराकिलो हार ब्यहोरेको पेरु आफ्नो पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै कोलम्बियाले इक्वेडरलाई १(० ले हराएको थियो भने भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको थियो। खेल गोइआनियास्थित स्टेडीयो ओलम्पिको पेड्रो लुडोभिकोमा पौने ६ बजे सुरु हुनेछ।

समूह ुएु मा ब्राजिल ६ अंक जोड्दै शीर्षस्थानमा छ भने ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा र १ अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा छन्। त्यस्तै अंकबिहीन इक्वेडर र पेरु चौथो र पाँचौं स्थानमा छन्।

प्रतियोगितमा ५र५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

सम्बन्धित् समाचार