एक डाक्टरले जेसिका रिकार्टेको छोरामा कोभिड-१९ को परीक्षण गर्न मानेनन्। कारण ( एक वर्षीय ती बालकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षणहरू थिएनन्। ठीक दुई महिनापछि ती बालकको अनेक स्वास्थ्य समस्याका कारण मृत्यु भयो।
सन्तान चाहेको दुई वर्षसम्म गर्भ नरहेपछि जेसिकाको जीवनमा निराशा छाएको थियो। शिक्षण पेशामा रहेकी उनले बाँझोपनको उपचार समेत गराइन्। जब सन्तान भयो तब नाम दिइन् – लुकास जसको अर्थ हुन्छ, प्रकाश। ुउ हाम्रो जीवनमा उज्यालो बोकेर आएको थियो। उसले नै हो खुशी हामीले कल्पना गरेभन्दा बृहत हुन्छ भन्ने महसुस गराएको,ु बीबीसीसँग जेसिकाले भनेकी छिन्।
तर, एक्कासी छोराको अरुची बढेपछि उनलाई शंका लाग्यो। सुरुवातमा त दाँत उम्रन लागेकाले खान मन नगरेको अनुमान थियो उनको। बच्चाको हजुरआमा नर्स हुन्, उनले घाँटी दुखेको हुनसक्ने बताएकी थिइन्। बिस्तारै जोरो बढ्दै गयो। लुकासको स्वासप्रस्वासमा पनि समस्या हुन थाल्यो। त्यसपछि हो जेसिकाले उसलाई अस्पताल पुर्याएको, कोभिड जाँच गराउन।
डाक्टरले शरीरमा अक्सिजनको मात्रा जाँच गर्दा ८६ प्रतिशत मात्र थियो। त्यो सामान्य अवस्था थिएन। तर, लुकासमा संक्रमण परीक्षण भएन। डाक्टरले नै बालबालिकामा कोभिड-१९ को संक्रमण कमै हुने भन्दै केही एन्टिबायोटिक्स दिएर पठाइन्।
औषधि खुवाउन थालेको दशौं दिनमा लक्षणहरू देखिन छाडे। तर, लुकास सधैं थाकेजस्तो देखिन्थ्यो। जसलाई उसको अवस्थाबारे सुनाउँथिन् सबैले धेरै सोचेको भनिदिन्थे। ‘तर मलाई थाहा थियो मेरो छोराले सहजै सास फेरिरहेको थिएन,’ उनले सुनाइन्।








