गृहपृष्ठ खबर टोक्यो ओलम्पिक : मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

टोक्यो ओलम्पिक : मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

एजेन्सी : टोक्यो ओलम्पिकको दौरानमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध लगाइएको छ । टोक्यो–२०२० का अध्यक्ष सीको हासीमोटोले बुधबार सुरक्षाको कारण मादक पदार्थको विक्रिवितरणमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो ।

आयोजकले स्टेडियमको बाहिर मादक पदार्थ विक्रीवितरणमा प्रतिबन्ध लगाउनुका स्टेडियम भित्र लैजान रोक लगाइएको हो । मादक पदार्थको विक्री तथा सेवनले भौतिक दुरी कायम राख्ने सम्भावना नरहने जापानका केही वरिष्ठ स्वास्थ्य अधिकारीको दलिल छ ।

आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ ।

सम्बन्धित् समाचार