गृहपृष्ठ खबर ब्राजिलको लगातार जितमा लाग्यो पूर्णविराम

ब्राजिलको लगातार जितमा लाग्यो पूर्णविराम

प्रकाशित मिति:

रियो डि जेनेरियो : ब्राजिलको लगातार १० खेलको जितमा आइतबार पूर्णविराम लागेको छ । कोपा अमेरिकामा उसलाई इक्वेडरले १–१ को बराबरीमा रोकेको छ ।

यस खेलमा प्राप्त एक अंकसँगै इक्वेडर प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । प्रतियोगिताको समूह ुबीु बाट शीर्ष स्थानका रहेको ब्राजिलसँगै पेरु र कोलम्बियाले पनि अन्तिम आठको यात्रा तय गरेका छन् । समूहको लिग चरणको समाप्तिमा भेनेजुएला मात्र प्रतियोगिताबाट बाहिरिएको छ ।

ब्राजिलले मिलिटाओको गोलले अग्रता लिएयता एन्जेल मेनाले बराबरी गोल फर्काए । दिनको अर्को खेलमा आन्द्रे कारिलोको निर्णायक गोलमा पेरुले भेनेजुएलालाई १–० ले हरायो ।

सम्बन्धित् समाचार