गृहपृष्ठ खबर पछिल्लो २४ घण्टामा २ हजार ४४४ कोरोना संक्रमित थपिए, ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४४४ कोरोना संक्रमित थपिए, ४२ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

२४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना संक्रमित थपिएका हुन् ।

सम्बन्धित् समाचार