नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीदेखि कोही नडराउने टिप्पणी गरेका छन् ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजसँग गरेको अन्तरक्रियामा उनले धम्क्याउने र तर्साउने काम बन्द गर्न ओलीलाई चेतावनीसमेत दिएका छन् ।
‘ओलीजीले धम्क्याउने र तर्साउने काम गर्नुभएको छ । यहाँ को छ डराउने,’ देउवाको भनाइ छ ।
न्यायालय पनि प्रधानमन्त्री ओलीको धम्कीबाट नडराउने उनले दाबी गरे । ‘न्यायाधीश पनि प्रधानमन्त्रीको धम्कीबाट डराए देश के होला ?’ उनले भने ।
देउवाले सरकारले कमिसनका कारण खोप रोकिएको आरोप लगाए । उनले छिमेकसँगको सम्बन्ध सुधार्नुपर्ने आवश्यकता रहेको औँल्याए । ‘हामी छिमेकी बदल्न सक्दैनौँ, छिमेकीले पक्षपात नगरोस् भन्ने हो,’ देउवाले भने ।








