गृहपृष्ठ खबर बुद्धभुमि नगरपालिका वडा नं. ३ द्धारा गर्भवती महिलालाई पौष्टिकयुक्त खानेकुरा प्रदान

बुद्धभुमि नगरपालिका वडा नं. ३ द्धारा गर्भवती महिलालाई पौष्टिकयुक्त खानेकुरा प्रदान

कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ३ ले ४३ जना गर्भवतीलाई पोषण सामाग्री वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ को वडा परिषदले प्रसुति पोषण कार्यक्रम अन्तर्गत आज एक क्यारेड अण्डा, दुई किलो चना, एक केजि घ्यू, २ पोका आयोडिन नुन, २ केजि दाल, आधा केजी च्वान परास, १ पिस नेल कटर र एउटा झोला कोसेली स्वरुप बितरण गरिएको बुद्धभुमि नगरपालिका वडा नम्बर ३ वडाध्यक्ष गोविन्द प्रसाद आचार्य( विकास) ले जानकारी दिनुभयो ।

वडा भित्रका एक हजार दिने गर्भवती आमा र जन्मिने बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउँने उद्धेश्यले पोषण सामाग्री बितरण गरिएको उहाँले बताउँनुभयो । कार्यक्रममा मन्तव्य राख्दै दुविया स्वास्थ्य चौकिका फोकल पर्सन इन्द्र थारुले सबै गर्ववती आमाले ४ पटक स्वास्थ्य सस्थामा चेक जाँच गराउनु पर्ने र वच्चा जन्मिसकेपछी पौष्टिक आहारको आवश्यता पर्ने भयकाले यो कार्यक्रमले थप सहयोग गर्ने बताउनु भयो ।

सोहि कार्यक्रममा अध्यक्ष आचार्यले स्वास्थ्य सस्थामा बच्चा जन्माउने स्वास्थ्य सस्थामा चेक जाँच गराउन र आमा बच्चालाई पौष्टिक आहारको आवश्यकता हुदो रहेछ भन्ने सन्देश जाने र वडाका सबै आमा वच्चा सुरक्षित हुने बताउनुभयो । साथै वडाले सोही कार्यक्रममा वडा भित्रका १० जना स्वास्थ्य स्वयंसेवीकालाई सम्मान स्वरुप मोबाइल र छाता समेत वितरण गरेको छ ।

सम्बन्धित् समाचार