गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकालाई संकेत गर्दै चिनियाँ राष्ट्रपतिको चेतावनी, ‘अब चीन चुप लागेर बस्दैन’

अमेरिकालाई संकेत गर्दै चिनियाँ राष्ट्रपतिको चेतावनी, ‘अब चीन चुप लागेर बस्दैन’

चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी समारोहमा राष्ट्रपति सी चिनफिङले आफ्ना विरोधीहरूलाई कडा शब्दमा चेतावनी दिएका छन् । कसैले दबाउन खोज्दैमा चीन दबिएर नबस्ने उनले बताए ।

चीनविरोधी विदेशी शक्तिका अगाडि आफू चुप लागेर नबस्ने उनको चेतावनी छ । ‘हामीलाई दबाब दिने, अधीनमा राख्न खोज्ने कुरा कसैले नचिताए हुन्छ । अब हामी त्यो सहने छैनौँ’, सीले भने ।

करिब ७० हजार समर्थकको उपस्थितिमा उनले भाषण गरिरहेका छन् । चीनविरोधी शक्तिविरुद्ध कडा बोलेका उनको भाषणलाई मानिसहरूले ताली र हुटिङले समर्थन गरे । राष्ट्रपति सीको यो अभिव्यक्तिलाई अमेरिका र चीनसँग जारी तनावसँग जोडेर हेरिएको छ ।

सम्बन्धित् समाचार