गृहपृष्ठ खबर भोलि बस्ने बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई निम्तो

भोलि बस्ने बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई निम्तो

प्रकाशित मिति:

काठमाण्डौ : नेकपा एमालेले शुक्रवार (भोलि) बस्ने केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।

सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको निम्तो पठाइएको र नेपाल, खनालसहित केही वरिष्ठ नेतालाई इमेल, म्यासेज र फोनमार्फत निम्तो गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले उज्यालोलाई जानकारी दिनुभयो । ‘वरिष्ठ नेताहरूलाई इमेलले मात्रै नपुग्ला भनेर इमेल हेर्न अनुरोध गर्दै म्यासेज पनि गरिएको छ र फोन पनि गरिएको छ, उहाँहरू सबै उपस्थित हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा हो’, तामाङले भन्नुभयो ।

दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बुधवार ९हिजो० २०७५ सालको जेठ २ गतेकै कमिटी बिउँताउने निर्णय गरेको एमालेले आठ जना स्थायी कमिटी सदस्य पनि थपेको छ ।

तर माधव नेपाल–झलनाथ खनाल पक्षले आफूहरूलाई अलमलाउन ओलीले जेठ २ मा फर्केजस्तो नाटक गरेको र ठ्याक्कै पुरानो कमिटी बिउँताउन आलटाल गरिरहेको जनाएको छ ।

सम्बन्धित् समाचार