गृहपृष्ठ खबर ओलीले भेटका लागि गरेको प्रस्ताव नेपालले गरे फेरि अस्वीकार

ओलीले भेटका लागि गरेको प्रस्ताव नेपालले गरे फेरि अस्वीकार

प्रकाशित मिति:

काठमाडौं : नेकपा (एमाले) का नेताहरुले फेरि पनि एमाले एकताका लागि पहल थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले छलफल थालेका हुन्। ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता नलिए एकता नहुने बताएको भए पनि दोस्रो तहका नेताहरुले नेपाललाई फकाउने प्रयास गरेका छन्।

नेपाल समूहका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल र बिष्णु पौडेलले नेपाल निवास कोटेश्वरमै पुगेर छलफल गरेका थिए। उनीहरुको छलफलमा नेपाल समूहका नेता घनश्याम भुसाल पनि सहभागी थिए। छलफलका क्रममा ओली समूहका नेताहरुले ओली-नेपाल भेटको प्रस्ताव गरेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। पार्टीको पुरानो केन्द्रीय कमिटी स्थापित भइसकेको दाबी गर्दै नेपाल समूहका नेताहरुले बाँकी विवादहरु भेटेर टुंगोमा पुर्‍याउन प्रस्ताव गरेको नेम्बाङको भनाई छ। ‘पुरानो केन्द्रीय कमिटी स्थापित भएको छ। बाँकी रहेका विवादहरु दुई नेताहरु एक्लै भेटेर मिलाउनुस् भनेर हामीले भन्यौ,’ नेम्वाङले भने।

ओली समूहको प्रस्तावलाई भने नेपालले अस्वीकार गरेका छन्। उनले प्रस्ताव सकारात्मक भए पनि आफ्नो समूहमा सल्लाह गरेर मात्रै जवाफ दिने बताएका थिए।

हस्ताक्षर फिर्ता लिने बिषयमा भने नेपालले आफ्नो अडान कायमै रहेको बताएका थिए। एमाले एकताका लागि आफू सकारात्मक भए पनि ओलीले एकता नचाहेकोले अहिलेको अवस्था आएको नेपालको आरोप थियो। दोस्रो तहका नेताहरुसँग नेपालले शनिवार पनि छलफल गरेका थिए।

नेपालले ओलीसँग घनश्यास भुषालमार्फत टेलिफोनमा शनिवार संवाद गरेका थिए। उक्त संवाद तिक्ततापूर्ण भए पछि ओली(नेपालको सम्बन्धमा झन् दरार आएको उनी निकट नेताहरु बताउँछन्। फोनमार्फत ओलीले नेपाललाई भेटका लागि आग्रह गरेका थिए। तर नेपालले भेट गर्न नसकिने भन्दै पन्छिएका थिए।

बालुवाटारको शनिवारको बैठकमा ओलीले पनि नेपालप्रति आक्रोश व्यक्त गरेका थिए भने ओलीले दिएको अल्टिमेटम नमान्ने नेपाल समूहले बताइसकेको छ।

सम्बन्धित् समाचार