गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न, के के भए निर्णय ?

बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न, के के भए निर्णय ?

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको भवन जितपुरमा भएको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय गरेको हो ।

बैठकले भोली हुने तेस्रो नगरसभाको बैठकमा पारित हुने गरि सगंठन ब्यस्थापन सर्वे , बिपत पुर्व तयारी तथा प्रतिकार्य योजना, आन्तरीक नियन्त्रण प्रणाली कार्यविधि र कर्मचारी समायोजन ब्यवस्थापन बिधेयक २०७८ सम्बन्धमा सहमति जुटाएको छ ।

जुन भोलीको नगरसाभाको बैठकमा पेश हुने नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए । बैठकमा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल लगायतले बिभिन्न वडा अध्यक्षहरुले समेत आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार