गृहपृष्ठ खबर चीनबाट ४० लाख खोप नेपाल आउँदै

चीनबाट ४० लाख खोप नेपाल आउँदै

काठमाडौं : सरकारले चीनबाट आगामी ८ साउनभित्र ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । सरकारले १८ असारमा चिनियाँ कम्पनी सिनोफार्मसँग भेरोसोल खोप ल्याउने सम्झौता भएको जनाएको थियो । खोप ल्याउने सम्झौता भए पनि यसअघि सरकारले खोपको परिमाण भने खुलाएको थिएन ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ६ चरणमा ४० लाख खोप ल्याइने जानकारी सामाजिक सञ्जानमार्फत जानकारी दिनुभएको छ । उहाँले खोप आपूर्ति गर्नका लागि नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक समेत गर्नुभएको छ ।

जस अनुसार, पहिलो खेप २४ असारमा आउने छ। त्यसैगरी, २५ असारमा दोस्रो खेप आउने छ। ३१ असार, १, ७ र ८ साउनमा बाँकी खोप ल्याइने जानकारी गराइएको छ ।

अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्ने पनि जनाएको छ । थप खोप ल्याउने प्रयास पनि जारी रहने भएनिएको छ ।

सम्बन्धित् समाचार