सिद्धार्थ बैंकको एटीएमबाट ४२ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीका अनुसार, मिति सकिएको (एक्सपायर) भएको एटीएम कार्ड प्रयोग गरेर उक्त रकम चोरी भएको खुलेको हो ।
यसमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्वीच प्रयोग भएको छ । चोरी गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।








