वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगामा सर्पको टोकाईबाट १ जना महिलाको मृत्यु भएको छ । रातको समयमा घरको बलेको बत्ती निभाउने क्रममा गोमन सर्पले टोकेको भएतापनि खै केले टोक्यो भन्दै टारेकाले उनको मृत्यु भएको हो । बिहान करिव ४ बजे उनी बेहोस अवस्थामा भेटीएपछि उपचारका लागी ढिलो हुदा उनको मृत्यु भएको हो ।
बाणगंगा नगरपालिका वडा नः ८ मधुबन बस्ने बर्ष ४८ की पार्वती बिकको मृत्यु भएको हो ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङेका ब्यवस्थापक नविन भण्डारीले बताए । सर्पले टोक्नासाथ उपचार पाएको खण्डमा बाच्ने सम्भावना बढि रहेको बताउदै भण्डारी सर्पले टोक्नासाथ केन्द्रमा आउन समेत उनले आग्रह गरेका छन








