गृहपृष्ठ Featured १२ हजार ५८५ नमुना परीक्षणमा २६ सय ३४ मा कोरोना संक्रमण,१५ को मृत्यु

१२ हजार ५८५ नमुना परीक्षणमा २६ सय ३४ मा कोरोना संक्रमण,१५ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा २६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१०) संक्रमण पुष्टि भएको छ। १२ हजार ५८५ नमूना परीक्षणमा २६ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यस्तै पछिल्लो २४ घन्टामा १५ सय ६५  जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ।

सम्बन्धित् समाचार