गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन कपिलवस्तुमा ः पौडेल पक्षबाट श्रेष्ठ र सेन, देउबाबाट आर्चाय बलियो दाबेदार

कांग्रेस महाधिवेशन कपिलवस्तुमा ः पौडेल पक्षबाट श्रेष्ठ र सेन, देउबाबाट आर्चाय बलियो दाबेदार

काँग्रेसको कपिलवस्तु जिल्ला कार्यसमितिको नेतृत्वका लागि पनि दुवै खेमाबाट आकांक्षीहरु नेताहरुको आशिर्वाद लिने कसरतमा छन् । राष्ट्रिय राजनीतिमा पटक पटक महत्त्पूर्ण भूमिका निर्वाह गरिसकेका काँग्रेस नेता दीपकुमार उपाध्यायको गृह जिल्ला कपिलवस्तुमा देउवा खेमा र पौडेल खेमाका आकांक्षीहरु आफ्नो अनुकुल माहोल बनाउन दौडधुपमा लागेका हुन् ।

वर्तमान सभापति सुरेन्द्रराज आचार्य विधान अनुसार आसन्न अधिवेशनमा सभापति पदमा उम्मेदवार हुन नमिल्ने भएकाले जिल्लाले यसपटक नयाँ नेतृत्व पाउनेछ । यद्यपि आचार्यको सम्बन्ध काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग घनिष्ठ रहेको र कार्यकर्तामाझ पनि लोकप्रिय रहेका कारण अबको नेतृत्व चयनमा उनको भूमिका महत्त्वपूर्ण हुने जानकारहरु बताउँछन् ।

कपिलवस्तुमा देउवा समूहबाट नेता राजेश आचार्य सभापतिका आधिकारिक उम्मेदार बन्ने सम्भावना अधिक रहेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । काँग्रेस विभाजनकै समयमा उनले देउवा नेतृत्वको नेपाली काँग्रेस (प्रजातान्त्रिक) को जिल्ला कार्यसमितिको नेतृत्व गरेका थिए ।

पौडेल समूहबाट महासमिति सदस्य समेत रहेका समिति दुर्गा सेन, केशव कुमार श्रेष्ठ, अब्दुल कलाम, सुधाखर पाण्डेय, केशव श्रेष्ठ जिल्ला सभापतिका आकांक्षी छन् । जस मध्य केशव कुमार श्रेष्ठ र दुर्गा सेन कांगे्रसमा बढि लोकप्रिय रहेकाले पौडेल पक्षबाट यी दुवै बलिया दावेदार देखिएका छन ।

 

नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चाय दुई कार्यकाल सभापति भइसकेकाले अब अन्य जिम्मेवारीमा जाने योजनामा छन् । आचार्यले कसलाई सभापतिमा सघाउछन यसै भन्न सकिदैन् । यद्यपि आफु आसन्न चुनावमा जुन क्षेत्रमा सुरक्षित देखिन्छन् त्यहीँ क्षेत्रबाट उठ्नेलाई सभापतिमा सघाउन सक्ने कांग्रेस वृत्तमा चर्चा चल्ने गरेको छ ।

यद्यपि जिल्ला सभापतिका लागी केशव कुमार श्रेष्ठ, राजेश आर्चाय र दुर्गा सेन अन्य उमेद्धवारको तुलनामा निकै बलिया देखिएका छन । यी तिनै जनाको जनमत रहेको पाइएको छ ।

सम्बन्धित् समाचार