गृहपृष्ठ Featured विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो, तीन देशमा एक तिहाइभन्दा धेरैको मृत्यु

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो, तीन देशमा एक तिहाइभन्दा धेरैको मृत्यु

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई हराउन अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । उनले कोरोना खोपलाई आशाको किरण भएको बताउँदै विश्वभर खोप अभियान तीव्र गतिमा सञ्चालन हुनुपर्ने बताएका छन् ।

विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेमध्ये एक तिहाइभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल र भारतमा भएको छ । अमेरिकामा ६ लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । ब्राजिलमा यो संख्या पाँच लाखभन्दा धेरै छ भने भारतमा चार लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर १८ करोडभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । त्यस्तै विश्वभर तीन अर्ब ३२ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

सम्बन्धित् समाचार