गृहपृष्ठ अन्तरास्ट्रिय खबर रुसमा पछिल्लो २४ घण्टामा करिब २५ हजारमा कोरोना सङ्क्रमण पुष्टि

रुसमा पछिल्लो २४ घण्टामा करिब २५ हजारमा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति:

रुसमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । रुसमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएसँगै अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५७ लाख सात हजार ४५२ पुगेको बताइएको छ ।

केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रुसको कोभिड–१९ प्रभावित ८५ क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या २४ हजार ८१८ पाइएको छ । यी सङ्क्रमितमध्ये दुई हजार ९५४ अर्थात् ११.९ प्रतिशत सङ्क्रमितमा कुनै पनि लक्षण फेला नपरेको पाइएको छ ।”

केन्द्रका अनुसार सङ्क्रमित दर ०.४४ प्रतिशतले कम भएको छ । बिहीबार मस्कोमा छ हजार ४० व्यक्ति सङ्क्रमित भएका छन् ।  राजधानी मस्कोपछि रुसको बढी घना बस्ती रहेको सेन्ट पिटर्सबर्गमा पछिल्लो २४ घण्टामा एक हजार ९३७ सङ्क्रमित भेटिएका छन् ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३४ व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म कोभिडका कारण रुसमा एक लाख ४० हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।

उक्त समयमा कोभिड–१९ सङ्क्रमित २१ हजार ३३६ विरामी कोरोना भाइरसमुक्त भएका छन् । यससँगै रुसमा कोभिड भई निको हुनेको सङ्ख्या ५१ लाख ४३ हजार २२५ पुगेको छ । –एएनआई

सम्बन्धित् समाचार