गृहपृष्ठ Featured गोरखाको भीमकुल सहकारीबाट ३२ लाख चोरी

गोरखाको भीमकुल सहकारीबाट ३२ लाख चोरी

गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब ३२ लाख नगद चोरी भएको छ ।

मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।

सहकारीमा कारोबार भएको रकम करिब ५२ लाखमध्ये ३२ लाख चोरी भएको उनले बताए । ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो,’  उनले भने, ‘यहाँ दैनिक २० देखि ३० लाख कारोबार हुन्छ ।’

असार मसान्त भएकाले कारोबार अझ बढी भएको उनको भनाइ छ ।

‘शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ,’ श्रेष्ठले भने, ‘लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।’

सम्बन्धित् समाचार