गृहपृष्ठ खबर लुम्बिनी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट

लुम्बिनी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत ल्याएको छ । सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटसभाबाट पारित गराउन नसकेपछि बिहीबार मध्यरातमा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । लगत्तै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको बजेट अधिबेधन अन्त्य गरेका थिए ।

आज बसेको मन्त्रिपरिषद मन्त्रीपरिसद्को बैठकले प्रदेश विनियोजन अध्यादेश–२०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख यादवले अध्यादेश जारी गरेपछि बजेट कार्यान्वयन गर्नका लागि बाटो खुलेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा बजेट पारित हुन नसक्ने भएपछि सत्तारुढ दलकै सांसदले बैठक बहिष्कार गरेका थिए ।

लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद रहेका छन् । प्रदेशसभाबाट बजेट पारित गर्नका लागि ४२ सांसदको आवश्यकता पर्दछ । तर प्रदेशसभामा एमालेका ३८ र जनता समाजबाठदीबाट मन्त्री बनेका ३ जना सांसद गरी सरकारको समर्थनमा ४१ सदस्य रहेका छन् । यता नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ सभामुख बाहेक, जनता समाजवादी पार्टीका ३ जना र जनमोर्चाका १ गरी ४१ जना सांसद रहेका छन् ।

सम्बन्धित् समाचार