गृहपृष्ठ अन्तरास्ट्रिय खबर अत्यधिक वर्षाको कारण युरोपमा ज्याउन गुमाउनको संख्या १०८ पुग्यो

अत्यधिक वर्षाको कारण युरोपमा ज्याउन गुमाउनको संख्या १०८ पुग्यो

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी  ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा मृत्यु हुनेको संख्या १०८ पुगेको समाचारमा जनाइएको छ ।

धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ  ।  यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरूले जानकारी दिएका थिए । शुक्रबार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिए । हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएकी छन् ।

सम्बन्धित् समाचार