पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरलाई सवैको प्रयासबाट आधुनिकसंगै सम्मृद्ध शहर वनाउने बताउनु भएको छ ।

सैनामैना नगरपालिका ४ मा निर्माण हुने १५ शैया अस्पतालको शनिवार काठमाण्डौंबाटै शिलान्यास गर्दै पूर्व अर्थमन्त्री पौडेलले सैनामैनामा निर्माण हुने अस्पताल आधुनिक अस्पतालका रुपमा विकास हुने बताउनु भयो ।उहाँले अस्पताल तत्काल १५ शैयाको बन्ने भएपनि यसलाई छिटै नै ५० शैयाको अस्पतालको रुपमा विस्तार गरिने गरी यसको विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताउनु भयो ।

पूर्व अर्थमन्त्री पौडेलले सैनामैना क्षेत्र आधुनिक शहरका रुपमा विकास हुँदै गरेको बताउँदै नेपालकै लामो सैनामैना चक्रपथको निर्माणले सैनामैनाको मुहार परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ५२ किलोमिटर लामो सैनामैना चक्रपथको निर्माणले सैनामैनाको ग्रामिण क्षेत्रलाई शहरी क्षेत्रसंग जोड्न र स्थानीय उत्पादन बजारसम्म ल्याउन सहयोग पुग्ने धारणा राख्नुभयो ।
निर्माणको अन्तिम चरणमा पुगेको चक्रपथ सम्पन्न गर्न बजेटको व्यवस्था गरिसकिएको पनि पूर्व अर्थमन्त्री पौडेलले बताउनु भयो ।








