कपिलवस्तु वाणगंगा नगरपालिका स्थित चप्परगाउँमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका २ जना मध्य १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो मोटरसाइकल र ट्याक्टर एकआपसमा ठक्कर खाएका थिए ।
पुर्वबाट पश्चिमका लागि छुटेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा अर्घाखाची सन्धीखर्क १ का बर्ष ३० दान बहादुर खडकाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते अर्का ब्यतिmको अवस्था भने खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।








