गृहपृष्ठ Featured टोकियो ओलम्पिक : पदक तालिकामा चीनलाई अमेरिका र जापानले पछि पारे

टोकियो ओलम्पिक : पदक तालिकामा चीनलाई अमेरिका र जापानले पछि पारे

प्रकाशित मिति:

टोकियो ओलम्पिक २०२० अन्तर्गत पदक तालिकामा अमेरिका शीर्ष स्थानमा उक्लिएको छ।

अमेरिकाले अहिलेसम्म ७ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित १४ पदक जितेको छ।

अमेरिकाले फेन्सिङमा १ स्वर्ण जित्दा सुटिङबाट ३ स्वर्ण भित्र्याएको छ। अमेरिकाले पौडीबाट २ र तेक्वान्दोबाट १ स्वर्ण जितेको छ।

पदक तालिका आयोजक जापान दोस्रो स्थानमा उक्लिएको छ। जापानले पनि ७ स्वर्ण जितेको छ। उसले १ रजत र ३ कास्यसहित कुल ११ पदक जितेको छ।

जापानले जुडोबाट ४ स्वर्ण भित्र्याएको छ। यस्तै जापानले स्केटिङबोर्डबाट २ र पौडीबाट १ स्वर्ण जितेको छ।

यता चीन पदक तालिकामा तेस्रो स्थानमा झरेको छ। चीनले अहिलेसम्म ६ स्वर्ण, ३ रजत र ६ कास्यसहित १५ पदक हात पारेको छ।

चीनले भारोत्तोलनबाट ३ स्वर्ण जित्दा डाइभिङ, फेन्सिङ र सुटिङबाट १-१ स्वर्ण भित्र्याएको छ।

पदक तालिकामा ब्रिटेन ३ स्वर्ण, २ रजत र १ कास्य जित्दै चौथो र दक्षिण कोरिया ३ स्वर्ण र ४ कास्य जित्दै पाँचौ स्थानमा छन्।

जारी ओलम्पिकमा अहिलेसम्म ४१ देशले पदक जितेका छन्। जसमा दक्षिण एसियाबाट भारतले एक रजत हात पारेको छ।

सम्बन्धित् समाचार