गृहपृष्ठ खबर कपिलवस्तु सहित कांग्रेस कार्यकर्ताले नयाँ क्रियाशील सदस्यता नपाएका स्थानीय तह र वडा

कपिलवस्तु सहित कांग्रेस कार्यकर्ताले नयाँ क्रियाशील सदस्यता नपाएका स्थानीय तह र वडा

काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विभिन्न जिल्लाका नयाँ क्रियाशील सदस्यता १५ औं महाधिवेशनसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ।  सभापति शेरबहादुर देउवालाई समितिले मंगलबार बुझाएको प्रतिवेदनमा समितिले सहमति जुट्न नसकेका स्थानका क्रियाशील सदस्यता १४ औं महाधिवेशनमा स्थगनमा राख्ने र महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर टुंगो लगाउने निर्णय गरेको उल्लेख छ।

समितिले नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाएको जनाएको छ। तर नयाँ सदस्यताको सम्बन्धमा केही ठाँउमा समितिले स्थगन गर्ने निर्णय गरेको छ। ‘नयाँ नामावलीमा विवाद रहेका कारण नवीकरणतर्फको नामावलीमा मात्र सदर गरी नयाँतर्फको नामावलीलाई आगामी १४ औं महाधिवेशनका लागि स्गथन गरी सो अधिवेशनपछि प्रक्रिया पुर्‍याई कायम हुने गरी निर्णय गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ।

कहाँकहाँको नयाँ सदस्यमा सहमति जुट्न सकेन?

सुनसरी जिल्लाको क्षेत्र नम्बर ४ अन्तरगत भोक्राहा नरसिंह गापाका ८ वटै वडा, कोसी गापा वडा नम्बर १, बराहक्षेत्र नपा वडा नम्बर ११।

महोत्तरी जिल्लाको मनहरा शिशुवा नपा वडा नम्बर ८ र १०।

सर्लाही जिल्लाको बरथवा नपा वडा नम्बर ११। रौतहट जिल्लाको देवाही गोनाही नपा वडा नम्बर ६, माधवनरायण नपा वडा नम्बर १, २ र ३, दुर्गाभगवती गापा वडा नम्बर ४, यमुना माई गापा वडा नम्बर २ र ५, राजदेवी नपा वडा नम्बर ५।

पर्साको क्षेत्र नम्बर ३ का सबै, वीरगन्ज मनपा वडा नम्बर २२, २७, २९ र ३१, बहादुर माई नपा वडा नम्बर २ र ६, पर्सागढी नपा वडा नम्बर ५, ६ र ७।

काभ्रेको पाँचखाल नपा वडा नम्बर १२।

ललितपुरको ललितपुर मनपा वडा नम्बर २८, महांकाल गापा वडा नम्बर १, महालक्ष्मी नपा वडा नम्बर ६।

काठमाडौंको टोखा नपा वडा नम्बर ८, १० र ११, नार्गाजुन नपा वडा नम्बर २, ३ र ६, ताराकेश्वर नपा वडा नम्बर ३ र ६, कीर्तिपुर नपा वडा नम्बर २, दक्षिणकाली नपा वडा नम्बर २, गोकर्णेश्वर नपा वडा नम्बर १, २, ३ र ४।

धादिङको रुवीभ्याली गापाका ६ वटै वडा।

चितवनको रत्ननगर नपा वडा नम्बर ७।

गुल्मीको मुसीकोट नपा वडा नम्बर ५।

कपिलवस्तु जिल्लाको मायादेवी गापा वडा नम्बर ३।

सुर्खेतको वीरेन्द्रनगर नपा वडा नम्बर ३, ६, ८ र ११।

बर्दियाको मधुवन नपा वडा नम्बर ३। कैलालीको क्षेत्र नम्बर २ को जानकी गापा वडा नम्बर २, ५ ८ र ९ बाहेक सो क्षेत्रका सबै २२ वटा वडा।

डोल्पाका नयाँतर्फको सबै।

अछामको कमलबजार नपा वडा नम्बर ८ र पञ्चदेवल विनायक नपा वडा नम्बर १, २ र ४।

डडेल्धुरा जिल्लाको नवदुर्गा गापा वडा नम्बर ३ र अमरगढी नपा वडा नम्बर ५।

सम्बन्धित् समाचार