गृहपृष्ठ Featured जसपाले लुम्बिनीका तीन सांसदलाई गर्‍यो पार्टीबाट निष्कासन

जसपाले लुम्बिनीका तीन सांसदलाई गर्‍यो पार्टीबाट निष्कासन

प्रकाशित मिति:

जसपाको केन्द्रीय कार्यकारिणी समितिले लुम्बिनीका तीन जना सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले मुख्यमन्त्री शंकर पोखरेललाई पार्टीको निर्देशनविपरीत समर्थन कायम राखेर मन्त्री भइरहेको भन्दै निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा सन्तोष यादव, कल्पना पाण्डे र सन्तोष पाण्डे अहिले पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् । उनीहरूलाई पहिला नै जसपाले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तो बुझ्दो नआएको भन्दै कार्यकारिणी समितिको बैठकले निष्कासन गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य मनिष सुमनले जानकारी दिए । यादव र पाण्डे प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाण्डे समानुपातिक सांसद हुन् । पाण्डे पूर्वराजपा समूहबाट सांसद भएकी थिइन् ।

सम्बन्धित् समाचार