गृहपृष्ठ Featured आजको मौसम : यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन महाशाखाको आग्रह

आजको मौसम : यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन महाशाखाको आग्रह

प्रकाशित मिति:

आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । आज राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र सुदूरपश्चिमका केही भू-भागमा भने भारी वर्षा हुन सक्ने छ । भोलि राति गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार