गृहपृष्ठ Featured आजको मौसम : धेरै स्थानमा पानी पर्ने, यी स्थानमा हुनेछ भारी वर्षा

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, यी स्थानमा हुनेछ भारी वर्षा

प्रकाशित मिति:

आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

अहिले अधिकांश भू-भागमा बदली भइरहेको तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि पनि देशभर बदली रही धेरै स्थानमा पानि पर्ने सम्भावना छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै शनिबार देशभर बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाअउन महाशाखाको अनुरोध छ ।

सम्बन्धित् समाचार