गृहपृष्ठ Featured विकराल बन्दै आत्महत्या , अर्घाखाँचीमा आत्महत्या गर्नेमा बढी दलित समुदाय

विकराल बन्दै आत्महत्या , अर्घाखाँचीमा आत्महत्या गर्नेमा बढी दलित समुदाय

प्रकाशित मिति:

पछिल्लो समयमा जिल्लामा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्यांकमा १६ वर्षमुनीदेखि लिएर ४५ वर्षमाथिकाले आत्महत्या गरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ८० जनाले आत्म हत्या गरेका छन् । जसमा झुन्डिएर ७३ जना, विष सेवन गरेर ५ जना, हाम फालेर १ जना र औजार प्रयोग गरेर १ जना गरी ३३ महिला र ४७ पुरुषले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा ४८ जनाले आत्म हत्या गरेकोमा त्यो सख्या बढेर ८० पुगेको हो । ६६ प्रतिशतले आत्म हत्यामा वृद्धि भएको छ । पछिल्लो  ५ वर्षमा २ सय ७५ जनाले आत्महत्या गरेका छन् ।

वर्ष   आत्महत्याको संख्या
२०७३/७४    ५०
२०७४/७५    ५४
२०७५/७६    ४३
२०७६/७७    ४८
२०७७/७८    ८०
जम्मा    २७५

अशिक्षा, गरिबी, घरेलु हिंसा, मानसिक रोग, प्रेममा असफलता, दीर्घ तथा उच्च रोगका कारण पनि मानिसहरुले बढी आत्म हत्या गरेका छन् ।  तर पछिल्लो समय  जातीय बिभेद, धनी गरिबको खाडल, समाजिक भेदभाब , जस्ता उत्पीडनले गर्दा आत्म हत्या जस्तो अपराधका घटना हुने भएपनि पछिल्लो समयमा वैदेसिक रोजगारीको कारण आत्म हत्या बढेका हुन् ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा गत आर्थिक बर्षको एक वर्षमा अशिक्षाका कारण ५, गरिबीका कारण १२, घरेलु हिंसाले १, मानसिक रोगका कारण ९, प्रेममा असफलताका कारण ९, दीर्घ रोगका कारण ६, उच्च रोगका कारण १८ र अन्य कारणले २० जनाले ज्यान फालेका छन् । अविवाहितको तुलनामा विवाहितले बढी आत्महत्या गरेका छन् । विवाहित ५८ जना र अविवाहित २२ जनाले आत्महत्या गरेको देखिएको छ ।

मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच,वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक बिकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन ।  मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्म हत्या गर्ने अबस्था सृजना हुन्छ ।

जिल्लामा गत आर्थिक वर्षको तथ्यांकलाई महिनाको आधारमा हेर्दा सबैभन्दा बढी ज्येष्ठ महिनामा १४ जनाले आत्महत्या गरेका छन् । तर बैशाख महिनामा आत्म हत्याको संख्या शून्य रहेको छ । बारको आधारमा विश्लेषण गर्दा आइतबार १६ जना र शुक्रबार ६ जनाले मात्र आत्म हत्या गरेको देखिएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।

आत्महत्याको समाचार प्रकाशन र प्रसारण गर्नु हुँदैन भन्ने धेरै मिडियाको मान्यता छ । जसका कारण आत्महत्याका घटनाहरु बहिर आउन सकेका छैनन । अर्घाखाँची जस्तो पहाडी जिल्लामा एक वर्षमा ८० जनाले आत्महत्या गरेको विषयलाई चानचुनको रुपमा लिनु हुँदैन । घटना न्यूनीकरण गर्न र रोक्नका लागि कोहि न कोहि पक्षबाट पहल गर्नुपर्छ । त्यो पहल हुन नसके जिल्लामा आत्महत्याले विकराल रुप लिन सक्छ ।

सम्बन्धित् समाचार