गृहपृष्ठ Featured रुपन्देहीमा साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारी साधन र व्यवसाय सञ्चालन गर्न पाइने

रुपन्देहीमा साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारी साधन र व्यवसाय सञ्चालन गर्न पाइने

प्रकाशित मिति:

रुपन्देहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको दरमा केही कमि आएता पनि जोखिम कायम रहेकाले साउन ३२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय हो ।

असार ३१ गते जारी गरेको नियमलाई निरन्तरता दिदैँ साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । निषेधाज्ञा लम्बिए पनि जिल्लामा सवारी साधन सञ्चालन गर्न, भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्न भने पाइने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यस्तै सार्वजनिक यातायातमा सिट क्षमताका आधारमा आधा यात्रु राखि ५० प्रतिशत बढी भाडा लिन पाइने छ भने अनिवार्य रुपमा सबै यात्रुले मास्क लगाउने, चालक र सहचालकले मास्क र भाईचर प्रयोग गर्नु पर्ने छ । साथै सार्वजनिक सवारी साधनको ढोकामा अनिर्वाय रुपमा सेनिटाईजर राख्नु पर्ने छ ।

सम्बन्धित् समाचार