गृहपृष्ठ Featured पाँच दिनदेखि हराएकी धनुषाकी बालिकाको शव इनारमा भेटियो, हत्याको आशंका

पाँच दिनदेखि हराएकी धनुषाकी बालिकाको शव इनारमा भेटियो, हत्याको आशंका

प्रकाशित मिति:

धनुषामा पाँच दिनदेखि हराइरहेकी एक बालिकाको शव इनारमा भेटिएको छ । गणेशमान चारनाथ नगरपालिका १० बरमझियाका विरेन्द्र कुमार यादवकी ६ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार इनारमा भेटिएको हो ।

उनी गत साउन ११ गतेदेखि बेपत्ता थिइन् । त्यसयता निरन्तरको खोजीपछि शुक्रबार बिहान घर नजिकैको इनारमा प्रितीको शव तैरिरहेको अवस्थामा मृत भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

बालिका इनारमा खसेको नभइ कसैले हत्या गरेर इनारमा फ्याकेको हुन सक्ने परिवारको आरोप छ । शवको प्रकृत्ति हेर्दा कसैले हत्या नै गरेको हुन सक्ने देखिएको मृतकका बाबु विरेन्द्रको भनाइ छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे केही भन्न सकिने धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले बताए ।

‘हामी अनुसन्धान गर्दैछौँ,’ रानाभाटले शिलापत्रसँग भने, ‘पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै केही भन्न सक्छौँ ।’ बच्चाको हत्या नै भएको भन्दै न्यायको माग गर्दै मृतकका आफन्त तथा परिवारजनले केही समय सडक अवरुद्ध पारेका थिए ।

सम्बन्धित् समाचार