गृहपृष्ठ Featured कोरोनाको तेस्रो लहर रोक्न कपिलवस्तुमा रणनिति बनाइने

कोरोनाको तेस्रो लहर रोक्न कपिलवस्तुमा रणनिति बनाइने

प्रकाशित मिति:

जिल्ला कोभिड-१९ व्यवस्थापन समिति (डिसीएमसी) कपिलवस्तुले कोरोना भाइरसको तेस्रो लहरलाई रोक्नका लागि सम्बन्धित सबैलाई आवश्यक रणनिती बनाउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको डिसीएमसीको बैठकले तेस्रो लहर पुनः आउने सम्भावनालाई दृष्टिगत गर्दै जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, संघ संस्था, सरोकारवाला निकाय तथा प्रतिष्ठान, सञ्चार माध्यमलाई आ-आफ्नो तर्फबाट रोकथाममा लाग्न आग्रह गरेको हो । साथै कोरोना रोकथामका लागि स्थानीय तहहरुलाई विभिन्न रणनिती तय गर्न पनि आग्रह गरिएको छ ।

जिल्लामा कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासनले आफ्ना मातहतका निकायलाई स्वास्थ्य मापदण्डको पालना भए/नभएको अनुमगन गर्न पनि निर्देशन दिएको छ । जिल्ला भित्रका विद्यालय बाहेक सबै क्षेत्र अहिले खुकुलो पारिएको छ । यद्यपि स्वास्थ्य मापदण्डको कडाई भने प्रशासन गर्ने जनाएको छ ।

जिल्लामा अहिले ७९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । अहिले सम्म ३ हजार ५ सय ८६ जनामा कोरोना देखिएपनि ३ हजार ३ सय ३८ जना निको भएका छन् भने १ सय ६९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार