गृहपृष्ठ Featured बाणगंगाको श्रृङ्गिघाट सामुदायिक बनको १६ लाख बढिको काठ गायब

बाणगंगाको श्रृङ्गिघाट सामुदायिक बनको १६ लाख बढिको काठ गायब

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ मा रहेको श्रृङ्गिघाट सामुदायिक बन उपभोक्ता समुहको बन क्षेत्रभित्रबाट काठ हराएको छ । समुहले सामुदायिक बनभित्र सुरक्षित रुपमा राखेको करिव ८ सय क्युफिट काठ बन क्षेत्रभित्रको प्लटमा कटान भई राखेको अवस्थाबाट काठ हराउदा अहिले स्थानिय सबै अच्चमित भएका छन ।
बजार मुल्य तथा हाल ठेकदारले तिर्नु पर्ने मुल्य अनुसार करिव १६ लाख रकमको काठ सामुदायिक बनभित्रबाट हराएको हो ।
सामुदायिक बन क्षेत्रभित्रबाट यो निषेधाज्ञामा पनि काठ हराउनु निकै गम्भीर बिषय भएको बताउदै यस बिषयमा अनुसन्धान भई रहेको मोतिपुर सब डिभिजन बन कार्यालयका प्रमुख उमेश शाहले वैखरी अनलाइनलाइ बताए ।
उता यस बिषयमा बिघटन भईसकेको श्रृङ्गिघाट सामुदायिक बन उपभोक्ता समुहकी अध्यक्ष रेनु सेनले “ प्राविधिक टोलीले काठ हराएको भनेको छ, कार्यालयमा आएर कागज हेर्नुहोला भन्दै ढाडो जवाफ दिइन ” । सामुदायिक बनले बनको संरक्षणका लागी बन हेरालु समेत राखेको छ ।

अधिवेशन गर्न किन ढिलाई

उता सामुदायिक बन उपभोक्ता समुहको अधिवेशन गर्न आलटाल गरिएको देखिएको छ । अधिवेशन सम्पन्न गर्नका लागी १ बर्ष अगाडीनै ३ जना रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । कोरोनाको बहाना भनौ भने श्रृङ्गिघाट सामुदायिक बन उपभोक्ता समुह भन्दा निकै ठुला तथा प्रभावकारी सस्था जस्तै कपिलवस्तु उद्योग बाणिज्य सघं, नेपाल किसान टेक्टर समितिको पनि अधिवेशन भई सकेको छ । जसबाट के कुरा प्रष्ट छ भने बिघटित सामुदायिक बन उपभोक्ता समुह अधिवेशन गर्नबाट बाट डराएको स्थानिय बताउछन । जसका कारण बिभिन्न बहानामा अधिवेशन सार्ने तथा आलटाल गर्ने काम भई रहेको उनीहरुको भनाई छ ।

सम्बन्धित् समाचार