गृहपृष्ठ Featured पारस खड्काको सम्मानमा ७७ नम्बरको जर्सी प्रयोग नगरिने

पारस खड्काको सम्मानमा ७७ नम्बरको जर्सी प्रयोग नगरिने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी प्रयोगमा नल्याइने भएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

क्यानले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको सम्मानमा पूर्वकप्तान खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको हो ।

खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

सम्बन्धित् समाचार