गृहपृष्ठ खबर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाए

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाए

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ ।

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

सम्बन्धित् समाचार