गृहपृष्ठ Featured कपिलवस्तुमा ११ हजार ६ सय २५ जनाले आज खोप लगाए

कपिलवस्तुमा ११ हजार ६ सय २५ जनाले आज खोप लगाए

प्रकाशित मिति:

भेरोसेल खोप लगाउने कार्यक्रम अन्तरगतको पहिलो दिन सोमबार कपिलवस्तुमा ११ हजार ६ सय २५ जनाले खोप लगाएका छन् ।
पहिलो डोज यसभन्दा पहिला नै लगाइ सकेका सर्वसाधारणलाई सोमबार देखि दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय तौलिहवाका अनुसार जिल्लामा तोकिएको लक्षित वर्गका व्यक्तिहरु मध्ये भेरोसेलको पहिलो डोज लिएकाहरुलाई दोस्रो खोप दिने कार्यक्रम अन्तरगत सोमबार देखि जिल्लाका १० स्थानीय तहमै खोप अभियान सञ्चालन गरिएको हो ।

जिल्लाको मायादेवी गाउँपालिकामा ३ सय ६० जना, शुद्धोधन गाउँपालिकामा ४ सय ३८ जना, बाणगंगा नगरपालिकामा ३ हजार २६१ जनाले खोप लगाएका छन् ।

यस्तै शिवराज नगरपालिकामा २ हजार २७४, कृष्णनगर नगरपालिकामा ६ हजार ४१ जना, महाराजगंज नगरपालिकामा ४ सय ३ जना, विजयनगर गाउँपालिकामा ५ सय ९५ जना, कपिलवस्तु नगरपालिकामा १ हजार ७१२ जना, यशोधरा गाउँपालिकामा ३ सय ८१ जना र बुद्धभूमि नगरपालिकामा १ हजार ५६० जनाले सोमबार भेरोसेल खोपको दोस्रो मात्र लगाएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

सोमबार देखि सुरु भएको खोप लगाउने अभियान २७ गते बुधबारसम्म सञ्चालन हुने छ । कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि यस अघि पहिलो डोज लगाएका व्यक्तिहरुले खोप लगाएको कार्ड लिएर सम्बन्धित वडाको स्वास्थ्य चौकी मार्फत खोप लगाउन पाउने छन् ।

खोपको दोस्रो डोज लगाउनका लागि पहिलो खोप लगाएको २१ दिन पुगेको हुनेपर्ने जनाएको छ । बिहान साढे १० बजे देखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भैरहेको छ ।

सम्बन्धित् समाचार