गृहपृष्ठ Featured कपिलवस्तुको राजापानीमा “सासंद भेला” भएको छैन : सांसद गोतामे

कपिलवस्तुको राजापानीमा “सासंद भेला” भएको छैन : सांसद गोतामे

प्रकाशित मिति:

वैखरी अनलाइन : प्रदेश सभा सदस्य माला गोतामेले कपिलवस्तुको बाणगंगाको राजापानीमा सांसदहरुको भेला नभएको बताउनु भएको छ । छलफलका लागी सासंदहरु आफुलाई उपयुक्त स्थानमा छलफलका बस्ने गरेको भएको साथै पार्टीका साथै सबै सम्र्पकमा रहेको र कोही पनि राजापानी नगएको उहाँले बताउनु भयो ।
जिल्ला स्थित सबै सासंद कोही पनि आज कही कतै नगएको र स्थानिय काममै ब्यस्त भएको समेत गोतामेले बताउनु भयो । आफु नियमित रुपमा पार्टीका साथीसगं सम्र्पकमा रहेको उहाँले बताउनु भयो ।

मिडियामा आइजस्तो हामी जम्मा भई छलफल नभएको उहाको भनाई छ ।

 

यता विशेष अधिवेशनको मिति नजिकिँदै गर्दा सत्ताधारी दल नेकपा एमाले भने विभिन्न बाहनामा संसद बैठकबाट भाग्न खोजेको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै सरकार पक्षीय कानुन व्यवसायीले दायर गर्न लागेको रिट सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो ।

आज सत्तापक्षका सांसद लिला गिरीले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गिरीले प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर विशेष अधिवेशनविरुद्ध रिट दायर गरिएका हुन् ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले एमालेले दायर गरेको रिट दर्ता भइसकेको र भोलि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पहिलो पेसी चढ्ने बताए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र प्रदेशसभाको विशेष अधिवेशन रोक्नुपर्ने सत्तारुढ दल एमालेको माग छ ।

सम्बन्धित् समाचार