गृहपृष्ठ Featured उपेन्द्र यादव मधेस आन्दोलनका कपुत : नेता महतो

उपेन्द्र यादव मधेस आन्दोलनका कपुत : नेता महतो

प्रकाशित मिति:

कपिलवस्तु, २६ साउन
जसपा महन्त ठाकुर पक्षिय नेता राजेन्द्र महतोले उपेन्द्र यादव मधेस आन्दोलनका कुपत भएको आरोप लगाएका छन । एक बर्ष अघि आफुहरुले पार्टी एकता मार्फत राजनिति बचाई दिएको भन्दै उनले तर यही यादव मधेस आन्दोलनको कपुत बनेको बताए । महन्त ठाकुर पक्षको जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले तौलिहवामा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतोले सो आरोप लगाएका हुन । केपी ओलीले अध्यादेश ल्याएर तत्कालिन अवस्थामा उपेन्द्र यादवको पार्टी र राजनिती बचाईदिन आफुहरुले गरेको कुरा यादवले बिर्सिएको उनले बताए । राजपाले रातारात एकिकरण गरेको थियो अहिले उपेन्द्रले मधेसको मागलाई बिर्सिंएर कपुतको भुमिकामा अगाडी बढेका छन ’ उनले भने ।

निर्वाचन आयोगले उपेन्द्र समुहलाई आधिकारिता दिएको बिषयमा असन्तुष्टि ब्यक्त गर्दै महतोले निर्वाचन आयोगको भुमिका ठिक नदेखिएकाले आफुहरु सर्वोच्चमा पुगेको बताए । सर्वोच्च अदालतले १०÷१५ दिन भित्र मुद्दाको छिनोफानो गरे पछि आफुहरुले उचित निर्णय लिने उनले बताए । पार्टी एकिकरणको प्रक्रिया पुरा नहुदै उपेन्द्र यादवले मधेस आन्दोलन प्रति गद्दारी गरेकाले पार्टी बिभाजनको अवस्थामा पुगेको उनले बताए ।

एक नभई सकेको पार्टीमा आएको समस्या बारे चिन्ता गरेरै मात्र समाधान नहुने उनको भनाई थियो । केन्द्रिय कार्यकारीणी सदस्य सर्वेन्द्रनाथ शुक्ला र उमाकान्त झा, केन्द्रिय सदस्य अकवाल अहमद शाह, रविदत्त मिश्रा, मधुसुदनशरण चौधरी, निलम यादव, सन्तराम अग्रहरी र जानसन शर्माले पार्टीका नेता कार्यकर्तालाई संगठित भई अगाडी बढ्न आग्रह गरे । जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षता र कमलेशशरण चौधरीको स्वागतमा सम्पन्न जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्ने अधिकांस वक्ताले पार्टीको केन्द्रिय नेतृत्वलाई बिचलित नभई कार्यकर्ताको मनोभावना अनूरुप अगाडी बढ्न सुझाव दिए ।

सम्बन्धित् समाचार