गृहपृष्ठ Featured भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिए

भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिए

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार साँझ पदबाट राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सरकारले संविधान एवं कानूनलाई सर्वोपरी मानी कुशलतापूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिलेको परिस्थिती भिन्न भई गम्भिर ध्यानाकर्षण भएको बताउँदै सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनुनै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । उनी मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारका मन्त्री थिए ।

यसैबीच, पाण्डेयसहित जसपा लुम्बिनी प्रदेशका ३ जना सांसद पदमुक्त भईसकेका थिए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले साउन १५ गते सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेयसहित विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पनि पदमुक्त गरेको जानकारी दिएका थिए ।

सम्बन्धित् समाचार