गृहपृष्ठ खबर झन्डै आधा किलो अवैध सुनसहित ३ जना पक्राउ

झन्डै आधा किलो अवैध सुनसहित ३ जना पक्राउ

प्रकाशित मिति:

कैलाली : कैलाली प्रहरीले झन्डै आधा किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। कतारको बिल देखाउने कैलालीको अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापति, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे पक्राउ परेका हुन्।

काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसमा आज दिउँसो चेक गर्दा उक्त बसका कन्डक्टर घिमिरेको साथबाट ४९।९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद भएपछि थप अनुसन्धानका क्रममा झन्डै आधा किलो सुन फेला परेको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित् समाचार