गृहपृष्ठ खबर देउवा निकट जिल्ला सभापतिहरुको निष्कर्ष- अहिले महाधिवेशन गर्न सकिदैन्

देउवा निकट जिल्ला सभापतिहरुको निष्कर्ष- अहिले महाधिवेशन गर्न सकिदैन्

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझावसमेत तयार पारेको छ । त्यसमा अहिले महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिनुभयो ।

भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उहाँले बताउनुभयो । सो प्रतिवेदन आजै पार्टी सभापति एवमे प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने छ ।

सम्बन्धित् समाचार