गृहपृष्ठ खबर समयमै महाधिवेशनको माग गर्दै देउवा निवासमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

समयमै महाधिवेशनको माग गर्दै देउवा निवासमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठ बाहिर प्रदर्शन भएको छ। कांग्रेसको १४ औं महाधिवेशन सयममै गर्न माग गर्दै युवाहरुले देउवा निवास बाहिर प्रदर्शन गरेका हुन्।

उनीहरुले संबैधानिक संकटबाट कांग्रेसलाई जोगाउँ, समायोजनका नाममा भएको धाँधली खारेज गरौं, समयसिमा भित्रै महाधिवेशन सुनिश्चित गरौं लेखिका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

केही सयममा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ।

सम्बन्धित् समाचार