गृहपृष्ठ Featured लुम्बिनीका ६ मन्त्रीले लिए शपथ

लुम्बिनीका ६ मन्त्रीले लिए शपथ

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाएका हुन् ।

कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आथिक मामिला तथा योजना मन्त्री, जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।

 

त्यस्तै स्वतन्त्र सांसद अजय शाही, जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।

हिजो (बिहीबार) एमाले संसदीय दलका नेता शंकर पोखरेलले अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आह्वान गरेको समयमा मुख्यमन्त्रीका लागि केसीको दाबी परेको थियो । केसीलाई ४२ सांसदले समर्थन गरेका छन् ।

 

सम्बन्धित् समाचार